प्रधानमन्त्रीलाई गठबन्धनको काँध फेर्ने सुविधा छैन: गगन थापा

56 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गर्नुभएको महामन्त्री थापाले बताउनुभयो । उहाँले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताउनु भयो । उहाँले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताउनुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेस गठबन्धनलाई २०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।