आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

75 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आज नेपाललगायत विश्वभरी यो दिवस मनाइँदैछ ।

सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११४ वर्ष पुरा गरिसकेको छ । सर्वप्रथम सन् १९०९ को २८ फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले नारी दिवस मनाएको थियो ।

यसपछि सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसले अन्तर्राष्ट्रीय दिवसको मान्यता पाएपछि नारी दिवस विश्व भरी मनाउन थालिएको हो ।

यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि हरेक वर्ष नारी दिवस मनाउने गरिए पनि यहाँका महिलाको अवस्थामा खासै उपलब्धि हुन सकेको भने छैन ।

तर पछिल्ला केही वर्ष यता उनीहरुका अधिकार स्थापित गर्न संविधानमा भएका केही संशोधनहरुले भएको परिवर्तन सकारात्मक भए पनि अझै नेपालका महिला आर्थिक, सामाजिक–सांस्कृतिक रुपले प्रताडित नै छन् ।