राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते

30 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि यही फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ ।

दलका नेता, प्रमुख सचेतक, कार्य व्यवस्था तथा परामर्श समितिमा सदस्यसँग भएको छलफलमा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो । अर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरुको उपस्थिति थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

यस्तै दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सम्भावित कार्यतालिकालाई प्रभावित नगरी कामकारवाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने उहाँले बताउनुभयो ।

आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यव्रmम घोषणा हुने जनाइएको छ ।