नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

360 पटक पढिएको

२६ फाल्गुन २०८०, शनिबार १५:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको छ।

बैठकले उम्मेदवारी दिने तर उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने पछि निर्णय लिने निष्कर्षमा पुगेको कांग्रेसले जनाएको छ।

आज बिहान राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो। उक्त बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाएको हो।

यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ।