हङकङसँग नेपाल पराजित

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग रनले ७३ रनले पराजित भएको छ।

मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १ सय ३९ रनमा समेटियो।

१० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै धराशायी बन्न पुगेको थियो।

नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२, आरिफ शेखले ३८, र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।