गठबन्धन सरकारबाट जनतालाई केही प्राप्त हुँदैन: राजेन्द्र महतो

40 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताउनुभयो ।