कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला

303 पटक पढिएको

२६ फाल्गुन २०८०, शनिबार १९:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत हुनुभएको छ ।

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गर्नुभएको हो ।

निजी सचिव केशवराज जोशी सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१)बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको विज्ञप्ती मार्फत जानकारी दिनुभएको हो ।