जसपाका मन्त्रीले आज शपथ ग्रहण गर्ने
169 पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यादव उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दै हुनुहुन्छ ।
जसपाका नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालय र दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।
यस्तै नवनियुक्त मन्त्रीहरुको आजै शपथ ग्रहण गर्ने तयारी भएको जनाइएको छ ।