राष्ट्रिय सभाको बैठक आज बस्ने

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो १ः९ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने कार्यसूची रहेको जनाइएको छ ।

राष्ट्रियसभाका रिक्त २० पदमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भइसकेको छ भने राष्ट्रिय सभाका अध्यक्षको पद फागुन २० गतदेखि रिक्त रहेको छ ।

आजबस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूची पनि रहेको छ