जसपाका दुइ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

41 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्रिएको छ । जसपाका तर्फबाट आज दुई मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिनुभएको हो । त्यस्तै, जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा शपथ खुवाइएको हो। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ ।