अब गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने गगन थापाको भनाइ

42 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब निर्वाचन अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताउनुभएको छ ।

आज ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताउनु भयो ।

उहाँले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाने पनि बताउनु भयो ।महामन्त्री थापाले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अब अन्त्य भएको बताउनु भयो ।

उहाँले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताउनु भयो । उहाँले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।