कांग्रेसबाट युवराज शर्मा राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार

56 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै पर्सि मङ्गलवार भने निर्वाचन हुँदैछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिनुभयो ।