११४औं अन्तराष्ट्रिय नारी दिवस कोलोराडोमा भव्यरुपमा मनाइयो

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा  मनाइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना तथा कोलोराडोमा सकृय डेढदर्जन भन्दा बढि संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको उपस्थिती रहेको थियो ।

‘महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ महिलाका बिभिन्न मुद्दा, महिला सशक्तीकरण सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका लगायतका बिषयमा छलफल र अन्तरक्रिया भएको थियो । सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा, नायिका तथा महिला नेतृ रेखा थापा, प्राप्ति विष्ट र रितु तुलाधर विशिष्ट अतिथिको रूपमा उपस्थिती रहेको थियो ।

नेपाल र अमेरीकाको राष्ट्रिय गान गाएर सुरू गरिएको कार्यक्रमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी, कार्यक्रमका सभापति, बिशिष्ट अतिथि, एनआरएन अमेरीकाका केन्द्रिय अध्यक्ष, कोलोराडो च्याप्टर अध्यक्षले संयूक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए । कोलोराडो स्थित नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रमा एनआरएनए एनसीसी महिला कोर्डिनेटर सुनिता खत्रीले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेकी थिइन । कार्यक्रममा उपस्थित प्रमुख अतिथी, बिशिष्ट अतिथीहरूले नारी दिवसको उपलक्ष्यमा शुभकामना दिदै कार्यक्रम सफलताको कामना गरेका थिए । यसरी मन्तब्य राख्नेहरूमा । सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेत, नायिका तथा महिला नेतृ रेखा थापा, प्राप्ति विष्ट र मेन्टल हेल्थ स्पिकर रितु तुलाधर, एनआरएनएका अध्यक्ष अर्जुन बन्जाडे, एनआरएन आइसिसि प्रवक्ता फणिन्द्र पन्त, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकास पौडेल, कोलोराडो सीष्टर ग्रुपका अध्यक्ष धन पौडेल, एनआरएन कोलोराडो च्याप्टरका महिला उपाध्यक्ष डिलकुमारी श्रेष्ठ कोलोराडो नेपाली ओमन्स फोरम अध्यक्ष सृजना भट्ट लगायतका रहेका थिए ।

बक्ताहरूले महिला भनेको रथको दुइ पाङ्ग्रा मध्ये एक हो । आधा आकाश ढाक्ने महिलाहरू एक जुट भएर अगाडी बढेमा कसैले पछाडी पार्न सक्दैन भन्दै नारी एकतामा जोड दिए । त्यसैगरी कार्यक्रममा शैली बस्नेत र रेखा थापाले आफ्ना शाहसिक जिवन यात्राको सुनाएका थिए भने, भिडियो सन्देश मार्फत एकल महिला इरीना बस्नेतले आफ्नो जिवन कथा सुनाउनुभयो ।

कार्यक्रमलाइ थप मनोरञ्जन प्रदानगर्न स्थानीय कलाकारहरूले बिभिन्न गीत संगीतमा कुशल नृत्य, कबिता, नाटक लगायतका कार्यक्रम प्रश्तुत गरेका थिए । स्थानीय बिभिन्न संघ संस्थाहरूले तथा ब्यवसायीहरूले स्टलहरू राखि कार्यक्रम स्थल भब्यरूपमा सजाएका थिए ।

कार्यक्रम स्थल सुरक्षा व्यवस्था, स्वयं सेवकको व्यवस्थापन र कार्यक्रम स्थलमै सहभागीहरुका लागि भोजनको उचित व्यवस्था पनि गरिएको थियो । त्यस्तै इभेन्ट डेकोरेशन पार्टनर वेलकम इभेन्ट, फुड पार्टनर दरबार रेष्टुरेन्ट ब्रुमफिल्ड, मिडिया पार्टनर कोलोराडो खबर डटकम, इभेन्ट फोटोग्राफी भरतकुमार श्रेष्ठ, रजिष्ट्रेशन पार्टनर तीनपैसा र प्रिन्टिङरपब्लिसिङ पार्टनर जेन ट्राभल रहका थिए ।

एनआरएनए एनसीसी अमेरिकाले कार्यक्रमको तयारीका लागि १७ सदस्यीय तयारी मुल समिति गठन गरेको थियो । त्यसैगरी कार्यक्रमलाई प्रभावकारी बनाउन ६ वटा बिषयगत उप समितीहरू पनि गठन गरिएको थियो । अमेरिकामा गठित एनआरएनएका २९ च्याप्टरबाट कार्यक्रममा सहभागिता रहेको थियो । एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा कोलोराडोमा पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न भएको हो ।