राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

31 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । भोलि सोमबार ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । निर्वाचन भने भोलि मंगलबार हुने भएको छ ।

संघीय संसद् सचिवालयले यही फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तालिका सार्वजनिक गरे बमोजिम भोलि निर्वाचन हुने भएको हो । यस्तै १।३० बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोक्दै निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिनुभएको थियो ।

गत साता फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएपछि अध्यक्ष पद रिक्त भएको छ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।