राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धन र कांग्रेसबाट २ जनाले गरे उम्मेदवारी दर्ता

36 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र कांग्रेसका युवराज शर्माले उम्मदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्। निर्वाचन भोलि हुँदै छ ।