बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी टोपहादुर खत्रीको मृत्यु

40 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

यही फागुन २० गते कोटेश्वरमा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट घाइते भएका खत्रीको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बसका चालक नवराज गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।