समाजसेवी रामराजा पाण्डेको दुवै मृगौलामा समस्या उपचारका लागि सहयोगको खाँचो

377 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २८ फागुन, २०८० । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ कानाकोटका स्थायी वासिन्दा रामराजा पाण्डे दुई वर्षदेखि दुबै मृगौलामा समस्या देखिएपछि नियमित उपचारमा हुनुहुन्छ ।

पाण्डेले हप्ताको २ /२ दिनमा डाईलाईसिस गर्दै आईरहनु भएको छ । डाईलाईसिस हुंदै गर्दा ४ महिना अगाडि दुबै मुटुको भल बन्द हुन पुगेपछि अहिले पाण्डेको चिरायु अस्पतालमा पालास्टिक एन्डो र डाइलाइसिस भईरहेको र उपचारका लागि हप्ताको ५०हजार जति लाग्ने गरेको परिवारका सदस्यहरुले वताएका छन् ।

चिकित्सकहरुले मृगौला प्रत्यारोपण गर्न सम्भव रहेको जानकारी दिएपनि प्रत्यरोपणका लागि ५० देखि ६० लाख लाग्ने भएकाले पाण्डेको उपचारका लागि आर्थिक सहयोग जुटाउनु पर्ने अबस्था आएको धुनिबेशी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बिक्रमजंग रानाले वताउनु भयो ।

आफ्नो उर्जाशिल समय सामाजिक सेवाको क्षेत्रमा विताउनु भएका पाण्डेलाई उपचारमा आर्थिक अभाव बढ्दै गएपछि सहयोगका लागि अपिल गरिएको छ । जिवनको महत्वपूर्ण समय विद्यालय, क्लव,सहकारी, बाटोघाटो, बिजुली,खानेपानी, सामाजिक मेलमिलाप,जनचेतनाका निम्ति विताउनु भएका पाण्डेलाई बचाउन सबैले सकेको सहयोग गरिदिन रानाको आग्रह छ ।

दुवै मृगौलामा समस्या देखिएपछि दुई बर्ष देखि पाण्डे नियमित उपचारमा हुनुहुन्छ । पाण्डेको उपचारमा दिन प्रतिदिन खर्च बढ्दै जान थालेपछि आर्थिक समस्या उपचारको वाधक बन्ने अवस्था नआवोस भनेर पाण्डेको जिवन बचाउका लागि रामराजा पाण्डे बचाउन अभियान शुरु गरिएको रानाको भनाई छ ।

न्यू एक्टिभिटिज क्लव कानाकोटका संस्थापक ,पूर्ब अध्यक्ष एबम अहिलेका सल्लाहकार समिति संयोजक पाण्डे नेकपा एमाले धुनीबेंसीको अध्यक्ष समेत हुनुहुन्छ । नेकपा एमालेको नेता भएपनि पाण्डे यस क्षेत्रका हरेक राजनितिक दलका नेता कार्यकर्ता बिच प्रिय हुनुहुन्छ । हक्की स्वभाव र तत्काल निर्णय दिनसक्ने क्षमताको कारण पाण्डेको उपस्थितिलाई अन्य राजनैतिक दलले समेत शालिन नेताको रुपमा स्विकार गर्दै आईरहेको स्थानीय बताउँछन् । लामो समय सामाजिक क्षेत्रमा विताउनु भएका पाण्डेको जिबन रक्षाको लागि सहयोगको खाँचो रहेको स्थानीयको भनाई छ ।

पाण्डेको उपचारका लागि सहयोग गर्न चाहने जो कोहीले सानिमा विकाश बैक नौबिसे शाखामा रहेको रामराजा पाण्डेको खाता नं ०२००११०६०००४१२५ जम्मा गर्न सकिनेछ ।उक्त खातामा जम्मा हुने गरी क्यु आर कोड मार्फत पनि रकम पठाउन सकिने छ ।

सहयोग गर्न चाहने व्यक्तिले ९८५१०१७७२७,९८५१२१७११७,९८४१२८१७६६ ९८६०२९५०२४ नम्बरमा कल गर्न सक्नुहुनेछ । रकम जम्मा भएपछि जम्मा भौचर वा स्क्रीनसट गरि भाइबर वा ह्वाट्सएप गरिदिन न्यू एक्टिभिटीज क्लवले आग्रह गरेको छ । सहयोग दिनेहरुको नाम र रकमको बिबरण क्लवले सुरक्षित राख्ने जनाएको छ ।