पीएनजीलाई हराउँदै नेपालको जित

104 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ।  हङकङको मिसन रोड मैदानमा आज भएको  खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ८५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

१९९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो। ​ पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए। यस्तै सेसे बाउले २१ रनको योगदान गरे।

पीएनजीले आजै हुने अर्को खेलमा हङकङको सामना गर्ने छ। त्यो खेलको विजेताले फाइनलमा भोलि नेपालसँग खेल्नेछ भने पराजित टोलीले हङकङ एको सामना गर्नेछ।