काँग्रेस पदाधिकारीको बैठक बस्ने

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो । बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा संसदमा काँग्रेसले के कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा छलफल हुने जनाइएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय हुन भएका सभापति देउवा बैठक बोलाएर छलफलमा व्यस्त भइरहनु भएको छ ।

काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय यसअघि गरिसकेको छ ।