नारायण दाहाल र युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

32 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

मंगलवार बोलाइएको राष्ट्रिय सभा बैठकमा सांसद आछामीले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहनुभएका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गर्नुभयो ।

यस्तै, कांग्रसबाट उम्मेदवार बनेका युवराज शर्मालाई पनि राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएके छ ।