राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल विजयी

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। राष्ट्रिय सभा अध्यक्षको पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल विजयी हुनुभएको छ ।

कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

आज भएको मतदानमार्फत उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभयो । दाहालसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्मा भने पराजित हुनुभएको छ । मतदानमा ५६ सांसदको सहभागिता रहेको थियो। जसमा अध्यक्षमा निर्वाचित दाहालले ३९ र शर्माले १७ मत प्राप्त गर्नुभएको छ ।