राष्ट्रियसभा अध्यक्षमा निर्वाचित नारायण दाहालले गरे पदभार ग्रह
239 पटक पढिएको

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।
आज राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडि बढाउने बताउनुभयो ।