जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

36 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताउनुभयो । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।