प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरिसकेका छन् ।

कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मत दिने भएको छ ।

संसदमा प्रधानमन्त्री दाहालले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । गतवर्ष पुस २६ गते र चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु भएको थियो ।