एमाले र कांग्रेस एकैठाउँमा मिले कहाँ जाने हो सोच्न प्रचण्डलाई विश्वप्रकाशको आग्रह

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेस एकैठाउँमा मिले कहाँ जाने हो सोच्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको छ।

आज जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उहाँले पहिले धोका पाएको एमाले र कांग्रेस मिले तपाईको हालत के होला ? कहाँ जानुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रहेको,अहिले कांग्रेस विपक्षमा रहेको,पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि,धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि?, तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ।’