राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनाव आगामी चैत ४ गते हुने

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनाव आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समिति सभापतिहरूको चुनावको मिति तोकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनावका लागि चैत ४ गते आइतवारको दिन तोकेको जानकारी गराउनुभयो ।

उहाँले समिति सभापतिहरूको चुनावसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्याललाई निर्देशन पनि दिनुभयो । राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।