सुरेश लामा र जितु लोप्चनको ‘प्रे’ सार्वजनिक (भिडियोसहित)

350 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गायक सुरेश लामा र चर्चित गायिका जितु लोप्चनको तामाङ गीत ‘प्रे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रसुवा जिल्लाको पर्यटकिय तथा धार्मिक स्थल नागथलीको सुन्दर रमणिय दृश्यहरुमा छायांकन गरिएको भिडियोमा नायिका युजिला मोक्तान र नायक सोनाम लामाले अभिनय गरेका छन् ।

युजिला र सोनामको जोडीलाई तामाङ चलचित्र टुमा पनि दर्शकले रुचाएका थिए । टु चलचित्रमा जस्तै यस गीतमा पनि जमेर अभिनय गरेको देखिन्छ ।

रोशन फ्यवाको शब्द संगीतमा तयार भएको यस गीतलाई वाङच्यु फ्युवाले संगीत संयोजन गरेको हो । माया प्रितीको भावमा तयार पारिएको गीतको अडियो पक्ष पनि उत्कृष्ठ छ । भिडियो पनि फ्युवा आफैले निर्देशन गरेका छन् ।

ल्हाप्साङकार्पो म्युजिक सेन्टरको आधिकारिक च्यानल LMC DIGITAL MEDIA मार्फत भिडियो सार्वजनिक गरिएको छ ।


One thought on “सुरेश लामा र जितु लोप्चनको ‘प्रे’ सार्वजनिक (भिडियोसहित)

Comments are closed.