उदयपुरमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

35 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धरानबाट भोजपुरको दक्षिण घोरेटारका लागि छुटेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले जानकारी दिए ।