नवनियुुक्त प्रमुखले शपथ लिए

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

यसअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्नुभएको थियो ।