सामान्य प्रशासनमन्त्रीले गरे सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेस

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस गर्नुभएको हो । यो विधेयक प्रतिनिधि सभामा गएको फागुन २१ गते दर्ता भएको थियो ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।