सुन तस्करका जोसुकैलाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

36 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री रवि लामिछानेले आज बुझाएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले यसमा मुछिएका जो सुकैलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिनुभएको हो ।

सरकारको मुख्य अभिभारा सुशासन भएकाले कानुनी रुपमा दोषी देखिए कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आर्चायले बताउनुभयो ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाउनुभएको थियो । यसअघि जाँचबुझ आयोगले हिजो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।