युवालाई देशमै केही गर्नुपर्छ भन्ने भावना जगाउन आवश्यक छ: ओली

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज सातौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव निफको सिनेमा संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।

यस्तै उहाँले विश्वविद्यालयहरू खाली हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ओलीले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जाने प्रवृत्ति रहेको बताउनुभयो ।