रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प

39 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

आइतबार बिहान ९.४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।