हरिवंश आचार्यको ‘मुटु फस्याथ्यो’ बजारमा भिडियोसहित

89 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत ‘मुटु फस्याथ्यो’ सार्वजनिक भएको छ ।

आरटी इन्टरटेनमेन्ट युटुयुब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्।

आचार्यकै शब्द र संगीत रहेको गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरिएको छ। गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडिओमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीले अभिनय गरेका छन्। गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन्।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन्।