माओवादीसँग एकता गर्ने नेतालाई नेसपाले हटाउने

309 पटक पढिएको

४ चैत्र २०८०, आईतवार १९:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट हटाउने भएको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट हटाउने विषयमा छलफल भएको हो।

नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरुले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धति छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताए।