सुन तस्करी प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पक्राउ

330 पटक पढिएको

५ चैत्र २०८०, सोमबार ११:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने, ‘अहिले काठमाडौं पठाउने तयारीमा छौं।’