एमालेले भन्यो, सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउनुस्

50 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् ।

यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ ।

‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोहोर्‍याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु-तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’