दीपक मनाङे भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त

45 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एकिकृत समाजवादी नेकपा एसबाट बाहिरिएर स्वतन्त्र सांसदको हैसियत मागेका दीपक मनाङे भनिने राजीव गुरुङ मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गर्नुभएको हो ।

भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री हुनुहुन्थ्यो । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राख्नुभएको थियो ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाउनुभएको छ ।