धादिङको दशाैं एन्फा लिगकाे फाईनल खेल धुनिबेसीले जित्यो

240 पटक पढिएको

सम्पादक: Dhading News

धुनीबेसी- धुनीबेसी खेल मैदानमा जारी धादिङको दशाैं एन्फा लिगकाे फाईनल खेल धुनीबेसी युवा समाजले जितेको छ।

जिल्ला फुटबल संघ धादिङको आयोजनामा भएको धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिग फुटबल मंगलबार सम्पन्न भएको हो।

मंगलबार भएको फाइनल खेलमा धुनिवेशी युवा समाजले भद्रकाली सामुदायिक विकास समाज मलेखुलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो।

विजेता धुनिवेशी युवा समाजले नगद १ लाख ५० हजार सहित सिलड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता बने सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट धुनिवेशी छनोट भएको छ ।

फाईनलमा उप विजेता भद्रकाली सामुदायिक विकास समाज मलेखुले नगद ७५ हजार सहित सिल्ड मेडल प्रमाणपत्र जितेको छ भने सेमिफाईनलमा रोकिएका गलौदी युवा क्लव गजुरी र ब्वाइज युनाईटेड धादिङले २५–२५ हजार हात पारेका छन् । यस प्रतियोगितामा जिल्लाका ८ वटा क्लवहरु सहभागि भएका थिए ।

यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि धुनिवेशीका जर्सी नम्बर ९ का प्रदिप डंगोल थिए। प्रतियोगिता भरमा २ गोल गरेका डंगोलले गोल्डन बुट जितेका छन् । उत्कृष्ट गोल किपर पनि धुनिवेशी कै जर्सी नम्बर १ का सक्सेस श्रेष्ठ भएका थिए भने बेस्ट डिफेन्डरमा धुनीबेशी कै जर्सी नम्बर ५ सुवाष ए.सी बने । वेष्ट स्टाईकर भद्रकालीका तारा आले मगर घोषित भएका थिए ।

संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले आयोजकलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गर्दै आफ्नो नगरपालिकाले खेलकुदलाई विकासको अंगका रुपमा लिएको बताउनु भयो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा एन्फा धादिङका अध्यक्ष रमेश अधिकारीकोे सभापतित्व तथा एन्फाका केन्द्रिय उपाध्यक्ष दिपक खतिवडा, धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य , थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य,धुनिवेशीका उपमेयर सुरज उप्रेती,स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु वडाका वडा अध्यक्षहरु लागाएतको आतिथ्यता रहेको थियो ।