पुरुषको तुलनामा महिला न्यायाधीशले सम्पादन गरेका न्यायहरु बढी विवादरहित: पदम गिरी

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताउनुभएको हो ।

न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको भन्दै मन्त्री गिरीले न्याय सम्पादन सधैँ सही नहुने बताउनुभयो ।

उहाँले महिला न्यायाधीशहरुले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताउनुभयो । उहाँले कानूनको अध्ययन गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको बताउनुभयो ।