स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री

30 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

आज चिकित्सा शिक्षा आयोगको बैठकलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले गुणस्तरका मापदण्ड पालना र कार्यान्वयनमा आयोगलाई क्रियाशील हुन आग्रह गर्नुभयो ।

बाहिरी देशबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा पद्धती आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा पनि उहाँको जोड छ ।