इलाम २ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

56 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

आज नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई उक्त निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त निर्वाचनन क्षेत्र खाली थियो।

सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।