अडियो प्रकरणपछि बर्खास्त भएका ऐन महर एमालेको केन्द्रीय सदस्यमा पुनः मनोनित
94 पटक पढिएको
काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।