अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्य

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर आज बिहान साढे ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन सिंह साउदले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताउनुभयो ।