कान्ति अस्पतालले उपचार नगरी फर्काएकी बागलुङकी सेन्जलको मृत्यु

57 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको मृत्यु भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी दिए ।

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख खर्च भएको उनको भनाई छ ।