आयरल्याण्ड्ससँगको टी–२० क्रिकेटमा नेपाल ६ विकेटले विजयी

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आयरल्याण्ड्स उल्भ्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटाएको हो ।

नेपालका कुशल भुर्तेलले नटआउट ३७ र दीपेन्द्रसिँह ऐरीले २० रन बनाए । यस्तै सन्दीप जोराले ३६, आशिफ शेखले १६ र गुल्शन झाले चार रन बनाए । कप्तान रोहित पौडेलले खाता पनि खोल्न सकेनन् । आयरल्याण्ड्स उल्भ्सका ग्रेथ डेल्नीले दुई विकेट लिए ।

उल्भसले नेपालको सिनियर टोलीसँगको शृङ्खलापछि नेपाल ए सँग ३ खेलको टी–ट्वेन्टी र ३ खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।