नेप्से आज पनि ओरालो लाग्यो

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। सेयर बजार पयरिसुचक नेप्से आज पनि ओरालो लागेको छ। गतहप्ता मंगलवारदेखि बिहिवारसम्म लगातार घटेको सेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज पनि घटेको हो।

नेप्से आज १७ दशमलव शुन्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ। आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्ड बाहेकका समूहको सेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ।

आज किसान लघुवित्त र बुद्धभूमी हाड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लाग्यो। समग्रमा बजार घटेपनि आज बोटलसै नेपाल बालाजु र सर्बोतम सिमेन्टको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।

आज ७० लाख ६१ हजार कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भयो ।