कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक भेटिएनन्

60 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज बिहानैदेखि खोजी शुरु भएको छ ।

होली खेलेर आएका १७ जना युवाले हिजो कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् ।

हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।