आयरल्याण्ड ए लाई पराजित गर्दै नेपाल विजयी

66 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपालले दोस्रो टी–२० खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले निर्धारित १८ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमात्र बनाएपछि नेपाल ७१ रनले विजयी भएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा दोस्रो​ ब्याटिङ गरेको आयरल्याण्ड ए ले जितका लागि १९९ रनको लक्ष्य पाएको थियो। आयरल्याण्ड ए का लागि स्टिफन डोहनीले बनाएको २६ रन सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

ओपनिङमा आएका रस अडेयरले १९ बलको सामना गरि ३ चौकाको मद्दतले १७ रन बनाएर कुशल मल्लको बलमा गुल्शन झाबाट क्याच आउट भए। हिजो भएको पहिलो खेलमा नेपालले उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो।