नाथम र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई समायोजन गर्छौः हितबहादुर तामाङ

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताउनुभएको छ ।

नाथमको ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले नाथमजस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्नुभन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले आपसमा समायोजन गरेर जाने बताउनुभयो ।

यस्तै उहाँले समायोजन गर्ने निर्णय कार्यान्वयन गर्ने मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन तयार पारेको भन्दै उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री तामाङले दुई संस्थाको समायोजनले नयाँ खालको उत्साहित वातावरण बनाउने दावी गर्नुभयो ।